शक्तिपीठमा भीडभाड, सडकमा सुनसान छ काठमाडौँ

काठमाडौँ- बडादसैँ मनाउन संघीय राजधानीबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै जाँदा काठमाण्डौ उपत्यका भने सुनसान बन्दै गएको छ । उपत्यकामा रहेका शक्तिपीठमा भने भीडभाड देख्न सकिन्छ ।

फोटो- राजेन्द्र पोख्रेल/ नेपालटिभी अनलाइन

दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको छ । तर भित्रि सडक तथा बजार भने सुनसान भएका छन् ।

घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.