काठमाडौँमा वर्षा, भक्तपुरमा असिनासहित पानी

काठमाडौँ- काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा आज पानी परेको छ। काठमाडौँका विभिन्न स्थानमा पानी परिरहेको छ भने भक्तपुरका केही क्षेत्रमा असिनासहित वर्षा भएको छ ।
अचानक भएको वर्षासँगै उपत्यकाको जनजीवन प्रभावित भएको छ ।
भक्तपुरमा असिनासहित पानी परेपछि सडक तथा खुला क्षेत्रमा असिना जमेको छ । वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधन प्रभावित भएका छन् ।
मौसममा आएको परिवर्तनसँगै वर्षा र असिनाले धान थन्क्याउने तयारी गरिरहेका किसानलाई समेत असर पारेको छ ।।






प्रतिक्रिया राख्नुहोस्