भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भीड

काठमाडौँ– यमपञ्चक अर्थात् भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

वर्षमा एक दिन अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने यस मन्दिरमा बिहानैदेखि दिदीबहिनी नहुने तथा दाजुभाइ नहुने भक्तजन दर्शनका लागि पुग्ने गर्छन ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्न भक्तजनको घुइँचो लागेको छ ।

भाइटीकाका दिन दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा गई पूजा तथा दर्शन गर्ने धार्मिक परम्परा रहेको छ । त्यसैले पनि यस दिन मन्दिरमा विशेष चहलपहल हुने गरेको छ ।

भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने रानीपोखरी र बालगोपालेश्वर मन्दिर धार्मिक तथा सांस्कृतिक महत्त्वका दृष्टिले विशेष मानिन्छन् ।

मन्दिर दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । यस अवसरमा रानीपोखरी परिसरमा समेत उत्सवमय वातावरण देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.