प्रतिनिधिसभा विघटन मुद्दा : १६ औं दिन पनि बहस निरन्तर

काठमाडौं– प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिट निवेदनमाथि आज पनि बहस जारी रह्यो ।
सोह्रौं दिनको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभयो । उहाँले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटन भएको जिकिर गर्नुभयो । उहाँले नेपालको संविधानको धारा ७४ ले विघटन अधिकार दिएको र त्यसका लागि धारा ८५ पर्याप्त भएको धारणा राख्नुभयो ।
विसं २०५१ मा गिरिजाप्रसाद कोइराला, २०५२ मा मनमोहन अधिकारीले गरे जस्तै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन संसदीय अभ्यासअनुसार नै भएको जिकिर उहाँले गर्नुभयो ।
आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षबाट बहस शुरू भएसँगै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलपछि वरिष्ठ अधिवक्ता पन्तको बहस गर्नु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्