अवैध साल तस्कर गर्दै गर्दा ७ जना पक्राउ

पाल्पा- डिभिजन वन कार्यालय पाल्पाको विशेष पहलमा बल्ढेङ्गगढीबाट अवैध साल कटानी गर्दै गरेका ७ जना पक्राउ परेका छन ।

पछिल्लो समय अवैध रुपमा सालका रुख कटानी भएको जानकारी आएपछि डिभिजन वन कार्यालय पाल्पाले विशेष अप्रेशनका क्रममा रैनादेवी छहरा गाउँपालिकाको ढावबाट ५ जनालाई गरेको हो ।

अनुसन्धानका क्रममा कटानी गरिएका सालको फर्निचरमार्फत विक्रि गर्दै आएका दुईजना फर्निचर उद्योगीलाई समेत पक्राउ गरिएको छ ।

पक्राउ परेका सातै जनालाई हाल जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको र अदालतबाट म्याद थप गरि कानुनी प्रकिया अनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.