प्रचण्ड-माधव समूहको आम हड्तालः अष्टलक्ष्मी शाक्यसहितका नेताहरु पक्राउ

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहको आगजानी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आज आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन बिहानैदेखि सो पक्षका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । बाक्लो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकामा प्रचण्ड(माधव समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । कलंकीबाट प्रहरीले नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता-कार्यकर्तासहित प्रहरी र सशस्त्र प्रहरीको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

संसदीय सुनुवाईबिनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्ति भएपछि प्रचण्ड–माधव समूहले आकस्मिकरुपमा आमहड्ताल घोषणा गरेको थियो ।

यसैबीच, सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६:३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.