प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आइतबार दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा  मङ्सिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गर्न लाग्नुभएको हो । प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली जाने छ ।

शुक्रबार मात्र दुई देशका सरकारले एकै समयमा उहाँको औपचारिक भ्रमणको घोषणा गरेका थिए । भारत सरकारले प्रधानमन्त्री शाहको स्वागतको भव्य तयारी गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दिल्ली गेटआसपास तथा हैदराबाद हाउसआसपासका प्रमुख सडकमा दुई देशको झन्डा फहराइएको छ । प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुहुने तय भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारी, दिल्लीस्थित नेपालका राजदूतलगायत रहनुहुने प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

भ्रमणका अवसरमा दुई देशका विभिन्न मन्त्रालय तथा निकायबिच हुने सम्झौता, समझदारी एवं लगानी प्रवर्धनसम्बन्धी कार्यक्रममा समेत सहभागिताका लागि निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी तथा निजी खर्चमा पत्रकारको टोली पनि दिल्ली पुग्ने भएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा भारतका प्रधानमन्त्री मोदीसँग ऐतिहासिक भेटवार्ता हुने मन्त्रालयले जनाएको छ । जस अनुसार मङ्सिर ७ गते सोमबार दुई प्रधानमन्त्रीबिच एकल तथा प्रतिनिधिमण्डलसहितको दुई छुट्टाछुट्टै भेटवार्ता हुने तय भएको छ । उक्त ऐतिहासिक भेटवार्तामा दुई देशको सम्बन्धका समग्र आयाममाथि समीक्षा गरिने छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.