पूर्व मुख्यसचिव अर्याललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा

काठमाडौँ- मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई सिआइबीले काठमाडौँ जिल्ला अदालतमा लगेको छ ।

अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले हिजो विराटनगरस्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको थियो ।

सिआइबीले म्याद थपकालागि अर्याललाई अदालत लगेको हो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव भएका बेला भएको बैदेशिक रोजगारी सम्वन्धि एक अनुसन्धानका क्रममा अर्याल पक्राउ पर्नुभएको हो ।

सीआईबीले नेपाल र मलेसिया सरकारबिच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको विषयमा अनुसन्धान गरिरहेको छ ।

उक्त निर्णयबाट सङ्गठित समूहलाई आर्थिक लाभ पुग्ने र नेपाली श्रमिकमाथि भएको ठगीलाई संरक्षण मिल्ने अवस्था सिर्जना भएको अनुसन्धानको प्रारम्भिक आधारमा उल्लेख गरिएको छ ।

यस प्रकरणमा ६३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० बेलायती पाउन्ड गरी नेपाली रुपियाँ एक अर्ब ६९ करोड दुई लाख २४ हजारभन्दा बढी रकम गैरकानुनी रूपमा सङ्कलन गरी मलेसिया पठाइएको विषय अनुसन्धानको दायरामा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.