स्वास्थ्यकर्मीको लापरबाहीले बच्चीको ज्यान गएको भन्दै अस्पतालमा तालाबन्दी

स्याङ‍्जा- स्याङ्जाको भीरकोट नगरपालिका-१, स्थित हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा लापरवाही भएको भन्दै स्थानीयवासीले अस्पतालमा तालाबन्दी गरेका छन् ।

अस्पतालको ड्युटीमा खटिने डा. लगाएत स्वास्थ्यकर्मीले २४ सै घण्टा सेवा प्रवाह गर्नुपर्ने भएपनि समयमा सेवा प्रवाह नभएको कारण एक बच्चीको ज्यान गएपछि तालाबन्दी गरिएको हो ।

भीरकोट-७, तिलाहरका याम बहादुर खाम्चाकी पाँच महिने छोरी लोककुमारी खाम्चाको उपचारका लागि हिजो बिहान ५ बजे अस्पताल ल्याइएको थियो । अस्पतालले उपचारमा ध्यान नदिएको र १ घण्टासम्म स्वास्थ्यकर्मी खोज्न समय लागेको कारण बच्चीको निधन भएको आरोप परिवारले लगाएको छ ।

२०६३ सालमा स्थानीयको जनश्रमदान र आर्थिक सहयोगमा स्थापना गरिएको यो अस्पतालमा स्रोत साधन भएपनि कर्मचारीलाई तलब दिने निकाय नहुँदा सामान्य सेवा पनि प्रदान गर्न नसकिएको स्वास्थ्यकर्मीको भनाई छ ।

अस्पतालका लेखापाल अर्जुन खनाल भन्छन् , ‘२ वर्ष भयो मैले पनि तलब खाएको छैन । तलब नखाने स्वास्थ्यकर्मी ७ जना छन् । धेरैले तलब नपाएकै कारण जागिर छाडे ।’

५० शैय्याको यो अस्पतालमा स्वास्थयकर्मी र उपकरण भएपनि समितिको लापरवाहीको कारण सेवा प्रवाह हुन नसकेको अस्पतालमा कार्यरत स्टाफ नर्स श्रीसा श्रेष्ठको भनाई छ ।

नाम अस्पताल भएपनी काम भने लापरवही हुँदा जनताले सास्ती पाउने कहिले सम्म सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.