काठमाडौंमा नेकपाको बृहत् जनसभा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बृहत् जनसभा काठमाडौंमा सकिएको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि बृहत् जनसभा आयोजना गरिएको हो ।

सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी थिए । कार्यक्रममा मुस्लिम समूदायबाट नेकपा केन्द्रीय सदस्य राज मोहम्मद अन्सारीको नेतृत्वमा १० हजार भन्दा बढी सहभागी भएका छन् । सभा सम्पन्न गर्न पार्टी उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको थियो ।

सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले सम्बोधन गर्नुभयो । सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिएको थियो । प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको र्‍याली गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.