घोषणा गरिएको चुनावको सामना गर्न उपप्रधानमन्त्री पोखरेलको चुनौती

काठमाडौं– उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले घोषणा गरिएको चुनावको सामना गर्न चुनौती दिनुभएको छ ।

नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले घोषित चुनावलाई चुनौती दिँदै नहिँड्न अपिल गर्नुभयो । ‘निर्वाचनमा जाने प्रधानमन्त्रीको घोषणालाई प्रचण्ड–माधव समूहले चुनौती दिनुभएको छ, निर्वाचन आयोगलाई धम्की दिइरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘यो संविधान र लोकतन्त्रविरोधी कुरा हो।’ ताजा जनादेशमा गएर जनताले जे निर्णय गर्छन् त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको पोखरेलले बताउनुभयो ।

पोखरेलले मृत्युमा जीवन खोज्ने प्रचण्ड र कुण्ठालाई प्रतिनिधित्व गर्ने माधव नेपालको मिलन कम्युनिष्ट आन्दोलनका लागि बाधक भएको टिप्पणी गर्नुभयो ।

पोखरेलले पाँच वर्षलाई निर्वाचित भएको प्रधानमन्त्रीलाई धक्का दिएर हटाउन खोज्ने, महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई महाधिवेशन अगाडि नै हटाउने षड्यन्त्र भएपछि नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले प्रतिकूलताका बीच पनि आफूहरुले स्थायित्वका लागि काम गर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.