नक्कली नेपाली रुपैयासहित भारतीय नागरिक पक्राउ
पर्सा- एक हजार दरको नेपाली नक्कली रुपैयासहित पर्सा प्रहरीले एक जना भारतीय नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको छ ।
विषेश सुचनाको आधारमा वीरगन्ज महानगरपालिकाको वडा नं. १३ राधेमाई टोलस्थित बाटोबाट १ सय ९३ थान हजार रुपैयाँको नक्कली नोटसहित प्रहरीले भारत विहारको रक्सौल निवासी अमन कुमार सिंहलाई पक्राउ गरेको हो ।
राधेमाई टोलको मुख्य सडकमा प्रहरी परिचालन गरी बी आर ०५ ए एम ६०९७ नम्बरको मोटरसाईकलनलाई रोकि चेकजाँच गर्दा सो नक्कली रुपैया सिंहबाट बरामद भएपछि उनलाई आवश्यक अनुसन्धानका लगि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्ष मनोजित कुँवरले जानकारी दिनुभयो ।
उहाँले नक्कली नोटसहित पक्राउ परेका भारतीय नागरिक सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुसन्धान अगाडी बढाइएको बताउनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्