सार्वजनिक पदको दुरुपयोग नगर्ने प्रतिवद्दता जरुरी छ : राष्ट्रपति भण्डारी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारविरुद्द शुन्य सहनशिलता देखाउन जननिर्वाचित सरकार र राज्यका सबै निकायहरु जिम्मेवार भएर लाग्न आग्रह गर्नुभएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औ स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित समारोहमा राष्ट्रपति  विद्यादेवी भण्डारीले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके भ्रष्टाचार नियन्त्रण हुने बताउनुभयो ।

भ्रष्टाचार र अख्तियारको दुरुपयोग गरेकाहरुको विरुद्द परेका निवेदनहरुलाई निष्पक्ष भएर अनुसन्धान गर्न राष्ट्रपतिले आयोगलाई निर्देशन पनि दिनुभयो ।

सार्वजनिक श्रोतको दुरुपयोग नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्दता सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले व्यक्त गर्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित सुशासनयुक्त समाज निर्माण आजको आवश्यकता रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भ्रष्ट्रचार नियन्त्रणकालागि राज्यका सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.