समुदायमा कोरोना संक्रमण पुष्टि, गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द
दैलेख- दैलेखको ठाँटीकाँध गाउँपालिकामा समुदायका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा फैलिनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ ।
सरकारले लकडाउन खुल्ला गरेको भएपनि दैलेखका सबै पालिकाहरुमा समुदायसम्म कोरोना फैलिएको छ या छैन भन्ने पत्ता लगाउन परीक्षणलाई तीब्र पारिएको छ ।
बुधवार मात्रै ठाँटीकाँध गाउँपालिकाभित्रका ७३ जनाको स्वाब संकलन गरिएकोमध्ये समुदायका १६ जनामा कोरोना संक्रमण देखिएको हो । आज दिउसो १२ बजेदेखि लागु हुनेगरी ठाँटीकाँध गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरु बन्द गरिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्