बालुवाटार र पेरिसडाँडामा अलग अलग स्थायी कमिटी बैठक

काठमाडौं– विभाजित नेकपाको दुवै समूहले अलग अलग स्थायी कमिटी बैठक बोलाएको छ ।
बालुवाटारमा प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा स्थायी कमिटी बैठक जारी छ । बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।
पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ । बैठकपछि बुधबार साँझ ४ बजे नै संसदीय दलको बैठक बोलाइएको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्