सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको  नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ ।

आज भएको दुई पक्षीय वार्तामा सहमति भएको र केहिबेरअघिमात्र सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले ट्वीटमार्फत जानकारी दिनुभएको छ।

सहमति अनुसार अब विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण राजनीतिक विषयहरुको समाधान वार्ताको माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा गर्ने र नेपाल सरकारबाट यो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिने भएको छ । साथै यो पार्टीका कार्यकर्ताहरु माथि लागेका मुद्दाहरु खारेजी गर्ने तथा बन्दी कार्यकर्ता रिहा गर्ने विषयमा पनि सहमति भएको छ ।

दुई वार्ता टोलीबीचको सहमति यही फागुन २१ गते दिउँसो २ बजे सार्वजनिक गरिने पनि यी दुई टोलीबीच सहमति भएको छ ।

सो विषेश समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेगरी सहमति भएको प्रेस नोटमा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.