ढुङ्‍गेनी गाउँको पहिचान गुमाउँदै घान्द्रुक

कास्की- ढुङ्‍गेनी (अधिकाशं ढुङ्‍गाबाट बनेका घरहरु) गाउँको पहिचान बनाएको कास्कीको पर्यटकीय गाउँ घान्द्रुकले उक्त पहिचान गुमाउने खतरा बढेको छ । सो गाउँमा क्रंक्रिटका घरहरु निर्माणले तीव्रता पाएसँगै उक्त पहिचान गुम्ने त होइन भन्ने चिन्ता बढेको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने ढुङ्‍गेनी गाउँमा पछिल्ला वर्षहरुमा आरसीसी घर तथा होटलहरु निर्माण हुने क्रम तीव्र छ । त्यहाँ दुई वर्षको अन्तरालमा २५ भन्दा बढी होटलहरु आरसीसीबाट बनेको स्थानीय बीरमान गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण आधार शिविरको ढोका मानिने उक्त गाउँमा क्रंक्रिट संरचना बन्नुलाई नकरात्मक रुपमा हेरिएको छ । त्यसका साथै सो गाउँमा वातावरणीय प्रभाव मूल्याङ्कन बिनै जथाभावी बाटो खन्ने क्रम पनि बढ्दो छ । यो सँगै पर्यटनमा असर पर्ने र पर्यटकको वसाई पनि कम हुने उल्लेख छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.