सरकारमा जान हतार छैनः देउवा
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नो पार्टीले सरकारमा जान हतार नगर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस महिला बिभागले काठमाडौंमा आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षमा बस्ने गरी मतादेश दिएकाले सरकारमा जान हतार नगर्ने बताउनुभएको हो । सभापति देउवाले अहिले लोकतन्त्रलाई बचाउनका लागि अन्य दलहरुसँग छलफल भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले संसदमा नेपाली कांग्रेसको संख्या कम भएकै कारण आफूहरुको एजेण्डा स्थापीत हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्