जसपा शीर्ष नेताहरुको बैठक अनिर्णित
काठमाडौं- सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन ।
वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भएको जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको हो ।
बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भएपनि निष्कर्षमा पुगिनसकेको जसपाका वरिष्ठ नेता अशोक राईले बताउनुभयो ।
बैठकमा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुले दिएको समर्थनबारे पनि छलफल भएको थियो । जसपाले संविधान संशोधन र वन्दी जीवन विताइरहेका रेशम चौधरी लगायतको रिहाइसहित माग राखेर सत्तामा जाने कसरत गरिरहेको छ ।
सत्ता समीकरण र पार्टी समायोजनको बाँकी काम टुङ्गो लगाउन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी चैत ५ गते शुरु हुँदैछ ।-
प्रतिक्रिया राख्नुहोस्