प्रतिनिधि सभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधि सभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुभएको थियो । सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव,लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको छ ।

यसैगरी सभामुखले अनुशासन उल्लंघन आरोपमा पदमुक्त हुनुभएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको स्थानमा लीलादेवी सिटौला, ज्ञानकुमारी छन्त्यालको निधन भएपछि सुवर्ण ज्वारचन र सूर्यबहादुर केसीको निधन भएपछि मोहनप्रसाद पाण्डे समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भई शपथसमेत भएको जानकारी गराउनुभएको थियो ।

बैठकले संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.