सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको वैठक आज बस्दै
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक तय भएको संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिनुभयो ।
एमालेले आफ्नो संसदिय दल सम्वन्धि विधान संसोधन गरेपछि पहिलो पटक दलको वैठक वस्न लागेको हो। नेकपा एमाले संसदीय दलको नयाँ विधानले दलका नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार दिएको छ ।
चैत ७ गतेको संसदीय दलको बैठकले विधान पास गरेको थियो भने त्यही दिन केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो। विधानमा दलका नेतालाई सिधै सांसद निलम्बन गर्ने विशेषाधिकार छ ।
अहिले एमाले संसदीय दलको नेता, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।
विधानको दफा २५ मा अनुशासनको कारबाही र सजायसम्बन्धी व्यवस्था छ । जसअनुसार दलको निर्देशन एवं ह्वीप उल्लंघन गर्नेलाई दलको नेता वा नेताको निर्देशनमा प्रमुख सचेतकले स्पष्टीकरण सोध्ने व्यवस्था छ ।।
प्रतिक्रिया राख्नुहोस्