प्रधानमन्त्रीद्वारा रोबोटबाटै प्राविधिक प्रशिक्षण प्रतिष्ठानको भवन उदघाटन

‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्प तीव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्द्धन तथा विस्तार अनिवार्य : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्प तीव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवद्र्धन तथा विस्तार अनिवार्य भएको बताउनुभएको छ ।

मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुदघाटन गर्दै प्रधानमन्त्रीले यो कुरा बताउनुभएको हो ।

प्रतिष्ठानको २९ सौं वार्षिकोत्सवका अवसरसमेत पारेर आयोजित उक्त समारोहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले भवनको रिवन काट्दै शीलास्तम्भ अनावरणसमेत गर्नु भएको थियो ।

उद्घाटन पछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दे प्रधानमन्त्रीले सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको समेत बताउनुभयो । शिक्षा प्राप्त गरेका हरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफैँ समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पुर्‍याउने प्राविधिक शिक्षाको प्रवर्धनमा देश लागि रहेको उहाँले बताउनुभयो ।

कोभिड १९ को महामारीले गर्दा भौतिक रुपमा उद्घाटन गर्न सक्नुसमेत प्राविधिक शिक्षाको सफलताको सूचक भएको धारणा पनि प्रधानमन्त्रीको थियो ।

प्रतिष्ठानले विगत दुई दशक भन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम दिँदै आएको छ । हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् । कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो । कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देृश्य प्रतिष्ठानको छ ।

नवनिर्मित भवनमा इपुस्तकालयसमेत को व्यवस्था छ । इ पुस्तकालय अन्तर्गत पुस्तकालय प्रवर्धन प्रणालीमार्फत प्रयोगकर्ताहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.