ब्राजिलले सन २०२१ को अन्त्यसम्ममा सबैलाई कोभिड विरुद्धको खोप लगाउने

ब्राजिलले आफ्ना सबै नागरिकलाइ सन् २०२१ को अन्त्यसम्ममा कोभिड विरुद्धको खोप लगाइ सक्ने बताएको छ ।

सबैलाइ खोप उपलब्ध गराउने उदेश्यले देशव्यापी रुपमा खोप कार्यक्रम अघि बढिरहेको छ । ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका विरुद्धको खोप लगाइसक्ने गरी देशव्यापी रुपमा खोप लगाइएको जानकारी दिनुभयो ।

ब्राजिलमा यसवर्षको अन्त्यसम्ममा करिब ५० करोड खोप प्राप्त हुने अपेक्षा गरिएको छ । ब्राजिल विश्वमा भारत र अमेरिका पछिको सबैभन्दा बढी कोरोना प्रभावित देश हो ।

ब्राजिलमा अहिलेसम्म १ करोड ४५ लाखभन्दा बढी नागरिकमा कोरोना संक्रमण भएको छ । ती मध्ये ४ लाख भन्दाबढीको मृत्यु भइसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.