पर्यटन मन्त्रीलाई कोरोना संक्रमण
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।
पर्यटन मन्त्री ढकाल र उहाँकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको हो । ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतीलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
मन्त्री ढकालले यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएकाहरुलाई सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्नुभएको छ ।
यसअघि ऊर्जा, जनस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापालाई पनि संक्रमण भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्