उपत्यकामा आवतजावतमा थप कडाइ

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएसँगै आवतजावतमा पनि थप कडाइ गरिएको छ ।
अनावश्यक रुपमा बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कन परेमा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न सरकारले आग्रह गरेको छ । खाद्यान्न लगायतका अत्यावश्यक सामग्री खरिदका लागि बिहान ९ बजेसम्म मात्र किनमेल गर्न सकिने समय तोकिएको छ ।
अनावश्यक सवारी साधन चलाउनेहरुलाई होल्ड गरी कारवाही गरिने प्रहरीले जनाएको छ । अत्यावश्यक सवारी साधनका साथै कार्यालय जानै पर्ने कर्मचारी तथा सञ्चारकर्मीलाई परिचय(पत्रको आधारमा आउजाउ गर्न दिइएको छ ।
गत वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५४ जिल्लामा पुगेको छ । त्यसमध्ये केही जिल्लामा आंशिक र कतिपयमा पूर्ण आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
यसैबीच, दोलखामा पनि आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । अत्यावश्यक सामग्री बोकेको ढुवानीका साधन, विरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनमा पूर्ण रुपमा रोक लगाइएको छ । मुख्य ८ वटा बजार क्षेत्रका बजार पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्