अक्सिजन अभावः कवाड पसलबाट सिलिन्डर संकलन सुरु

काभ्रे– कोरोना संक्रमितको उपचारको लागि अक्सिजन अभाव हुन नदिन इलाका प्रहरी कार्यालय बनेपाले आफ्नो क्षेत्रमा सञ्चालित कवाड पसल, मोटर ग्यारेज लगायतका स्थानमा रहेका अक्सिजन सिलिण्डर संकलन गर्न सुरु गरेको छ ।

उत्पादित अक्सिजन सिलिण्डर अभावमा भर्न नसकिएपछि विभिन्न उपभोक्ताकोमा होल्ड भएका अक्सिजन सिलिण्डर संकलन थालिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिनुभयो । पहिलो दिन एक सय सिलिण्डर संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

संकलित सिलिण्डरमा अक्सिजन भरेर तयारी अवस्थामा राख्ने प्रशासनको तयारी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.