संक्रमणको जोखिम बढ्दै गएपछि ईंटा उद्योग बन्द गर्न स्थानीयको आग्रह

धादिङ- कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नुका साथै ईंट्टा उद्योगमा काम गर्ने मजदुहरुको स्वास्थ्य सुरक्षाका लागि सबै ईंट्टा उद्योगहरु संक्रमणले महामारीको रुप नछाडेसम्म बन्द गर्न धुनीवेसी नगरपालिकाले ब्यवसायीहरुलाई आग्रह गरेको छ ।

इँट्टा उद्योगहरुमा काम गर्ने कामदारहरुको निकै ठूलो समूह हुने भन्दै यही त्यस्तो समुहमा रोगको संक्रमण फैलियो भने रोकथाम र नियन्त्रणमा निकै समस्या हुने भन्दै तत्काल सबै काम रोक्न पालिकाले आग्रह गरेको हो । अन्यथा कडा कारवाही गर्ने पनि नगरपालिकाले जनाएको छ ।

ईंट्टा उद्योगहरुमा रहेका कामदारहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै नगरपालीकाले स्वास्थ्य साब्धानी अप्नाई कामदारहरुलाई राख्न पनी ब्यवसायीहरुलाई आग्रह गरेको छ ।

ईट्टा उद्योगहरु रहेका कामदारहरु एक उद्योगबाट आर्को उद्योगमा आउने जाने गरेको ब्यवसायीहरुले स्वास्थ्य मापदण्डको पालना नगराई काम लगाइ रहेकोले मदजुहरु संक्रमणको जोखिममा रहेको भन्दै तत्काल उद्योगमा रहेका कामदारहरुलाई पूर्ण रुपमा काम रोक्न आग्रह गरेको हो ।

अन्यथा नगरपालिकाले कारवाही प्रकृया अडाडि बढाउने जानकारी दिइएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरले धादिङका सबै स्थानीय तहहरुमा निकै नराम्रो प्रभाव पारेको र ठूलो संख्यामा काम गर्ने मजदुरहरु हुने ईंट्टा उद्योगहरुमा यदी संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै समस्या हुने भनाइ नगरपालिकाको छ ।

गत वर्षको तुलनामा यस वर्ष भने ईंट्टा उद्योगहरुमा कामदारहरुका कारण त्यति समस्या नभएको भए पनि साबधानी भने अपनाउन नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आग्रह गर्नुभएको छ ।

उद्योगमा काम गर्ने मजदुरहरु कोरोना संक्रमण फाटफुट रुपमा देखा पर्न थालेपछि फर्केका र अब केही बाँकी रहेकोलाई तत्काल व्यबस्थापनका गर्नुपर्ने मेयर आचार्यको भनाइ छ ।

ब्यवसायीहरुले भने अब उद्योगमा रहेका मजदुरहरुलाई सरकारले तोकेको आवाश्यक स्वास्थ्य मापदण्डको पालना गराउँदै काम गराएको जानकारी दिनु भएको छ ।

जिल्लाको धुनीबेसी नगरपालिकामा मात्रै २७ ईंट्टा उद्योगहरु रहेका छन । यी प्रत्येकमा  तीन सयदेखि पाँच सयसम्म मजदुरहरुले काम गर्ने गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.