नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा रुपान्तरण भएपछि केन्द्रीय कमिटीको बैठक पहिलोपटक आज

माधव नेपाल समूह भने बैठकमा सहभागी नहुने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । यसअघि अस्तित्वमा रहेको महाधिवेशन आयोजक कमिटी २०७५ जेठ २ कै अवस्थामा रुपान्तरण भएपछि एमाले केन्द्रीय कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो ।

केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई खबर गरी सकिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । बैठक आज ११ बजेका लागि तय गरिएको छ ।

तर सोही पार्टीको माधव नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा आजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको समूहको बैठकले पार्टी अध्यक्ष केपी ओलीले आह्वान गर्नुभएको बैठकमा सहभागी नहुने निर्णय गरिएको बैठकपछि नेता भीम रावलले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीबाट बोलाउनुपर्नेमा त्यसो नगरिएको भन्दै बैठकमा सहभागी नहुने निर्णय गरिएको रावलले बताउनुभयो ।

नेता रावलले महाधिवशेन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तर गरिनु पार्टी बिधि बिपरित रहेको भन्दै नवौँ महाधिवेशनको पछि कै अवस्थामा पार्टीलाई लैजानुपर्छ भन्ने आफुहरुको माग रहेको बताउनुभयो ।

केन्द्रीय कमिटिमा पूर्व माओवादीका २३ जनालाई केन्द्रीय सदस्य बनाइएको माधव समूह असन्तुष्ट रहँदै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.