कोभिड १९ बाट थप तीन जनाको मृत्यु, मृत्यु हुने ५२ जना पुगे
काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट थप तीन जनाको मृत्यु भएको छ ।
मोरङमा एक र पर्सामा दुई जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
थप भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्