प्रधानमन्त्री देउवाले कोभिड-१९ को अवस्थाबारे सरोकारवालाहरुसँग आज छलफल गर्नुहुने
काडमाडौँ- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड-१९ को प्रभाव, असर र रोकथामका लागि भैरहेका कामहरुका बारेमा सरोकारवालाहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री नियुक्त हुनुभएपछि उहाँको यो पहिलो कार्यक्रम हो ।
उहाँले स्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दिउँसो छलफल गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो ।
हिजो प्रधानमन्त्री पदमा नियक्त हुनु भएका देउवा आज विहान उहाँकै निवास बुढानिलकण्ठमा शुभचिन्तक तथा कार्यकर्ताहरुसँगको छलफलमा व्यस्त हुनुभएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्