संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ- संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिस अनुसार यो अध्यादेश खारेज भएको हो ।
यसअघि ओली नेतृत्वको सरकारको पालामा जारी भएको यो अध्यादेशको चौतर्फी विरोध हुँदै आएको थियो ।
अध्यादेश खारेज भएपछि यही अध्यादेशको आधारमा गरिएका संवैधानिक नियुक्तिहरु के हुने भन्ने अन्यौल बढेको छ ।
सोही अध्यादेशका आधारमा गरिएका नियुक्तिहरुका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।।






प्रतिक्रिया राख्नुहोस्