काँग्रेस संसदीय दलको बैठक : बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप

काठमाडौं- सत्तारुढ नेपाली काँग्रेसले प्रतिनिधिसभामा आजको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको कांग्रेस सचेतक पुष्पा भुसालले बैठकपछि संचारकर्मीहरुलाई बताउनुभयो ।

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक अहिले अपरान्ह ४ बजे बस्दैछ ।

 

आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय भैसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.