अजिरकोट र वारपाक जोड्ने पक्की पुलको मर्मत कार्य अन्तिम चरणमा

गोरखा- दरौंदीको बाढीले भत्काएको वारपाक जोड्ने पक्की पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ ।

असार अन्तिम साता दरौंदीको भेलले पुलको एक भागमा क्षति गरेको थियो । मर्मत सकेको एक सातामै गत साउन ४ गते बारपाक जोड्ने पक्की पुल भत्किएको हो ।

बाह्रकिलो–बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुलसँग जोडिएको सडक दरौँदीको भेलले भत्काएपछि जाली भरेर सडक बनाउने काम शुरु गरिएको सडक योजनाका प्रमुख राजेश यादवले बताउनुभयो ।

पुल भत्किएपछि आवातजावत ठप्प बनेको छ । उक्त सडक भएर बारपाक, लाप्राक, गुम्दाका स्थानीय आउजाउ गर्दै आएका छन् । सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सदरमुकामसम्म आउजाऊ गर्न स्थानीय बासिन्दालाई सास्ती भएको छ ।

अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका जोड्ने बालुवास्थित पक्की पुलको एकतिरको भाग पटक पटक नदिले कटान गर्ने गरेको छ ।

नदिको पुरै बहाव बालुवा वजारतिरको भागबाट बग्ने गरेको छ । पानीको बहावलाई वारपाक सुलिकोटतर्फ डाइभर्सन गराउन स्थानीय बासिन्दाले अवरोध गरेका कारण बाढीले पुलमा पटक पटक क्षति गरेको सडक योजनाका प्रमुख यादवले बताउनुभयो ।

गाडी आउन जान नमिले पनि पुलमा मान्छे भने हिँड्नसक्ने सडक योजनाका प्रमुख यादवले जानकारी दिनुभयो । पुल भत्किएपछि नदि वारी र पारी रोकिएका सवारी साधनले यात्रु पनि ओसारिरहेका स्थानीय बासिन्दाले बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.