सत्तारुढ गठबन्धनको बैठक सम्पन्न, मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सहमति

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक  सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा सहमति भएको नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् विस्तारका लागि सत्ता सहयात्री दलहरुले आ–आफ्नो प्राविधिक विषयहरु तत्काल टुंगोमा पु-याउनुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री खड्काले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका न्यूनतम साझा कार्यक्रमको टुंगो तत्काल लगाउन महामन्त्री खड्काको नेतृत्वमा रहेको कार्यदललाई निर्देशन दिनुभएको थियो ।

बालुवाटार बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पक्षबाट पोलिट्ब्यूरो सदस्य डा. विजय पौडेल पनि सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.