थप ८ लाख खोप दुई दिनभित्रै काठमाडौंमा

काठमाडौं– जापान सरकारले अनुदानमा दिन लागेको कोरोनाविरुद्धको आठ लाख मात्रा खोप काठमाडौं आइपुग्ने भएको छ ।

जापानले दिन लागेको आठ लाख मात्रा अस्ट्राजेनेका खोप अबको दुई दिनमा काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार शनिबार र आइतबार दुई खेप गरी ती खोप काठमाडौं ल्याइ पुर्‍याइने छ ।

जापानी राजदूतावासले जारी गरेको विज्ञप्ती अनुसार जापानबाट आज र भोली दुई वटा विमान खोप सहित काठमाडौंका लागि उड्नेछन्, र खोप सहितका ती विमान शनिबार र आइतबार काठमाडौं आइपुग्नेछ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विट गर्दै जापानबाट अष्ट्राजेनेका खोप ल्याइँदै गरेको र त्यो खोप छिट्टै लगाउन सुरु गरिने उल्लेख गर्नु भएको छ ।

जापानले १६ लाख मात्रा खोप दिन लागेकोमा बाँकी आठ लाख मात्रा खोप पनि छिट्टै नेपाल आइपुग्ने राजदूतावासले जनाएको छ । सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरुलाई जापानबाट ल्याइएको अस्ट्राजेनेका खोप लगाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.