मन्त्रिपरिषद् बैठकः शर्मा नेपाली सेनाको प्रधान सेनापतिमा बढुवा

काठमाडौं– सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिमा बढुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठकले शर्मालाई महारथीमा बढुवा गरी प्रधान सेनापति नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं तराई मधेस द्रुत मार्ग निर्माणको लागि आवश्यक बिभिन्न सहायक संरचना निर्माणको लागि मकवानपुर जिल्लाको कालभैरब गौरीशकर सामुदायिक बनमा परेको ५ दशमलव २२ हेक्टर थप राष्ट्रिय बन क्षेत्रको जमिन प्रयोग गर्न र रुख काट्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एव कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनु भयो।

मन्त्रिपरिषद् बैठकले राजपत्राकित प्रथम श्रेणीका सहसचिव डिल्लिराम शर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टको राजीनामा २०७८ साउन २२ गतेदेखि लागुहुने गरी स्वीकृत गरेको छ ।

त्यसैगरी सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्विकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

सरकारले भदौ ७ गते गार्इजात्राको अवसरमा नेपालभरका नेवार समुदायलाई सार्वजनिक बिदा तथा भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.