सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रीपरिषद् विस्तार सम्बन्धमा छलफल भएको जनाइएको छ ।

शीर्ष तीन नेताकाे बैठक सम्पन्न भएकाे नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।
यसअघि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको दल दर्ता लगायतको वैधानिक प्रक्रिया पूरा भए लगत्तै मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताउँदै आउनुभएको थियो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) ले निर्वाचन आयोगबाट दलको आधिकारिकता प्राप्त गरिसकेको छ ।

यसैगरी, जसपाबाट विभाजित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) ले पनि दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यससँगै प्रधानमन्त्री देउवा, मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिन गठबन्धन दलका नेताहरुसँगको छलफलमा जुट्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.