बर्षाका कारण पर्साका बिभिन्न भू-भाग जलमग्न
पर्सा- लगातारको वर्षाले अहिले बीरगञ्ज महानगरपालिकाका बिभिन्न ठाउँहरुको जनजिवन पूर्ण रुपले प्रभावित बनेको छ ।
गएरातिदेखि परेको अबिरल वर्षाको कारण वीरगञ्ज नगरका विभिन्न भू-भाग जलमग्न भएका छन । वर्षाले नगरका सडकमा ३-४ फिट माथिसम्म पानी बगिरहेको छ ।
पानीको निकास नभएका कारणे रानीघाट, ओमआश्रम, श्रीपुर, जिल्ला प्रशासन कार्यालय, सिर्सिया, आर्दशनगर, इर्नवा, रामगदवा, लगायत महानगरका धेरै ठाउँहरुमा अहिले आवतजावतमा समस्या परेको छ ।
बीरगन्जबासीहरुले हरेक वर्ष डुबानको मार खेप्दै आएका छन् । बीरगञ्जका बासिन्दाहरुलाई डुवानबाट मुक्त गर्न एसियाली विकास बैंकको आर्थिक सहयोगमा र बीरगञ्ज महानगरपालिकाको करोडौंको लगानीमा ढल निकास निर्माण गरिएको भए पनि त्यसको कुनै उपलब्धि देखिएको छैन ।
नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।।
प्रतिक्रिया राख्नुहोस्