दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना, दोषी सुरक्षाकर्मीलाई कारवाहीको सिफारिश
काठमाडौं- दार्चुलाको तुइन घटना भारतीय सुरक्षादस्ता एसएसबीको उपस्थितिमा भएको घटना सम्बन्धी छानविन प्रतिवेदनले औंल्याएको छ ।
घटनाका सम्बन्धमा गठित छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई वुझाएको प्रतिवेदनमा सो तथ्य औल्याइएको हो ।
प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानूनी कारबाही गर्न भारतीय पक्षसंग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरिएको छ ।
साथै आश्रित परिवारलाई क्षतिपूर्ति र राहत पनि भारतीय पक्षबाट उपलब्ध गराउन सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । मालघाटबाट भारततर्फ जाने क्रममा गत साउन १५ गते जयसिंह धामी तुइनबाट खसेर नदीमा बेपत्ता भएका थिए । सो घटनाको संसद लगायत सर्वत्र विरोध भएको थियो ।-
प्रतिक्रिया राख्नुहोस्