कोरोना संक्रमणमा उल्लेख्य कमी, मृत्यु भने उस्तै

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । नेपालमा अहिलेसम्म १० हजार ८३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.