सत्ता साझेदार दलका शिर्ष नेताहरुको बैठक सम्पन्न

काठमाडौँ- संसद संचालन, मन्त्रीमण्डल विस्तार लगायतका विषयमा छलफल गर्न बसेको सत्ता साझेदार दलहरुको बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसद संचालनमा सत्ता साझेदारको रणनीति , मन्त्रिपरिषद विस्तार तथा सरकारको कामकारवाहीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो ।
संसदमा राजनीतिक दल सम्वन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक लैजाने ? भन्ने वारेमा पनि गठबन्धनवीच छलफल भएको जनाइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्