एमाले सांसदहरुको अबरोधका कारण संसदको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठक एमालेका सांसदहरुको अबरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठकमा अबरोध जारी रहँदा सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न एमाले सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रतिनिधि सभामा आज पनि नाराबाजीसहित संसद संचालनमा कठिनाइ  उत्पन्न भएपछि एमाले सांसदहरुलाई सभामुख सापकोटाले यस्तो आग्रह गर्नुभएको हो ।

सभामुखको आग्रहपछि पनि निरन्तर नाराबाजी भैरहेपछि बैठक १५ मिनेटका लागि सभामुखले स्थगन गर्नुभएको हो ।

एमाले सांसदहरुले आज पनि बैठक शुरु हुनासाथ नाराबाजीसहित रोष्ट्रम घेराउ गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.