सर्वोच्च परिसरमा बार एसोसिएसनको धर्ना

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।
न्यायालयमा देखिएको विवादको निकास दिन माग गर्दै बारले ५ दिने अल्टिमेटम सहित कालोपट्टी बाँधेर अदालत परिसरमा विरोधको कार्यक्रम गरको हो । बारको विरोध कार्यक्रम आजदेखि तीन दिनसम्म सञ्चालन हुने बारले जनाएको छ ।
प्रधानन्यायाधीश र न्यायाधीशहरुवीचको विवादले सर्वोच्चको कामकाज विगत केही दिनदेखि प्रभावित हुँदै आएको छ । प्रधानन्यायाधीशको एकल बाहेक अन्य पेसीको सुनुवाइ हुन सकेको छैन ।






प्रतिक्रिया राख्नुहोस्