प्रधानन्यायाधीशबाहेकका इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ

काठमाडौं– तिहार बिदापछि कार्यालय खुलेको पहिलो दिन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न भएकाबाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ ।
दुई एकल र चारवटा संयुक्त इजलास गठन भएकोमा सबै इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेसी तोक्नु भएको थिएन ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि धर्ना दिएको छ । गत कार्तिक १४ गते देखि बार आवद्ध कानुन व्यवसायीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।
बारसँगै न्यायाधीशहरु पनि विरोधमा उत्रिएपछि इजलासमा सुनुवाई समेत प्रभावित हुँदै आएको छ । तिहार अघि चरणवद्ध विरोध कार्यक्रम घोषणा गरेको बारले तिहार विदा सकिएर आजबाट अदालत खुलेसँगै पुनः विरोधलाई निरन्तरता दिएको हो । बारको विरोधका कारण सर्वोच्च अदालतमा मुद्दाहरुको सुनुवाइ प्रभावित बन्दै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्