तीन प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले तीन वटा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो ।
सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्