महाधिवेशन अपडेटः निर्वाचन प्रकिया शुरु, अध्यक्ष पदमा ओली र रावलको उमेदवारी दर्ता

चितवन- नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत निर्वाचन प्रकिया शुरु भएको छ । अध्यक्ष पदमा के पी शर्मा ओलीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

यस्तै अध्यक्ष पदका लागि नेता भिम रावलले आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ । पार्टीद्वारा गठित निर्वाचन आयोग समक्ष उहाँले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो ।

रावलको प्रस्तावकमा महादेव बजगाई र समर्थकमा दुतकला विष्ट रहनुभएको छ । यसैगरी उपाध्यक्षमा घनश्याम भुसालले उमेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै पार्टी सचिव पदमा भिम आचार्यले उमेदवारी दिनु भएको छ । आज बिहान बसेको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नु भएको पदाधिकारी तथा सदस्यको सूचिमा असहमति जनाउदै रावल, भुसाल र आचार्यले उमेदवारी दर्ता गराउनु भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.