अछाममा बस दुर्घटना, २ जनाको मृत्यु, ३६ जना घाइते

अछाम- अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३६ जना घाइते भएका छन । घाइतेमध्ये १० जना भन्दा बढीको अबस्था गम्भीर छ ।

अछाम सदरमुकाम मंगलसेनबाट टिकापुरका लागि छुटेको ना ६ ख ८२९ नम्बरको सुदुरपश्चिम यातायातको बस कैलाश खोला नजिकै सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जनाको घटनास्थल मै ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभएको छ ।

अहिले आफूहरु घटनास्थलतर्फ गइरहेको उहाँकाे भनाइ रहेकाे छ । ३८ जना सवार यात्रुबाहक बस दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

मृतकको पनि सनाखत हुन सकेको छैन भने घटनाको थप बिवरण आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.