राप्रपाको महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको तयारी लगभग पूरा भएको छ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

हाल राप्रपामा हाल ती जना अध्यक्ष छन् ।

ती मध्ये डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमसेर राणा निर्वाचन नलड्ने निर्णयमा पुगेका हुन्।

लोहनीले पत्रकार सम्मेलन गरी युवानेता लिङ्देनलाई समर्थन गर्ने जनाएका छन् भने राणाले पार्टीको वृहत्तर हित र एकताका लागि आफू अध्यक्षको उम्मेदवार हुनबाट पछि हटेको बताएका छन् । तथापि समर्थनमा उनी कतै खुलेका छैनन् ।

फुट-जुटको आरोह अवरोह व्यहोर्दै आएको पुरातन राजनितिक शक्ति राप्रपाले यसलाई एकता र रुपान्तरणको महाधिवेशन भनेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.