अब महामन्त्रीको पालो

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति र उपसभापतिको मतगणना सकिएलगत्तै महामन्त्रीको मतगणना हुने भएको छ ।

सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल हुनुहुन्छ भने डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल मैदानमा हुनुहुन्छ ।

प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.