साँगामा कडाई गरेपनि लुकिछिपी उपत्यका छिर्ने क्रम रोकिएन
काभ्रे- काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले नाकाहरुमा कडाई गरेपनि साँगा नाका हुँदै तराई र मध्यपहाडका विभिन्न जिल्लाबाट आएका यात्रुहरु लुकीछिपी पैदल हिडेर नाका कट्ने गरेका छन् ।
प्रहरीले साँगा नाकामा चेकजाँचमा कडाई गरेसँगै विभिन्न जिल्लाबाट आएका सवारी साधनहरुले साँगाको चेकपोष्टबाट करिब ५ सय मिटर तल ओरालिदिने र यात्रुहरु पैदल हिँडेर साझा यातायात, ट्याक्सी लगायत अन्य नीजि साधनमा उपत्यका प्रवेश गर्ने गरेका छन् ।
यसैबीच काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बिना अनुमति तराई र पूर्वका जिल्लाबाट आउनेलाई सिन्धुलीमा नै रोक्ने र साँगामा थप कडाई गरिने बताउनुभयो । उहाँले एउटा गाडीबाट ओर्लने वित्तिकै उतैतर्फ फर्कन अर्को गाडीमा पठाउने गरिएको बताउनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्